शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छः अध्यक्ष नेपाल

नेपालभ्युज

शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका छन् ।

मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले देशको शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका हुन् ।

उनले विश्व समुदायको सहयोग आवश्यक पर्ने पनि बताए । यद्यपी सो विषय आफूहरुकै पहल, योजना र तत्परतामा हल हुने स्पष्ट पारे । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले संसदमा सम्बोधन गर्दै विश्व शान्तिमा नेपालको भुमिकाको उच्च प्रशंसा गरेको भन्दै खुशी व्यक्त गरे ।

उनले भने, ‘संक्रमणकालिन न्यायसँग जोडिएको विषयमा नेपालकै पहलकदमीमा यो विषयलाई टुंग्याउनुपर्छ । पर्यावरणको समस्यालाई पनि उहाँले प्रत्यक्ष रुपमा आफूले देखेको, अनुभुत गरेको कुरा बताउनुभएको छ । त्यसले विश्वको ध्यान आकर्षित गर्छ भन्ने लाग्दछ ।’

अध्यक्ष नेपालले महासचिव गुटरेसले नेपालप्रति निकटता र आत्मियता देखाएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved