टी–२० विश्वकप एसियाली छनोट क्रिकेट

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो। कुशल मल्लले ६५ र कुशल भूर्तेलले ४३ रन बनाए।

नेपालभ्युज

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं। नेपाल टी–२० विश्वकप एसियाली छनोट क्रिकेटको सेमिफाइनलमा पुगेको छ। विश्वकपमा छनोट हुन अब नेपाल एक स्टेप मात्रै पछि छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

नेपालले लगातार २ खेलमा जित हासिल गरेर ४ अंक जोडेको छ । ओमान पनि चार अंकसहित समूहको शीर्ष स्थानमा छ ।

१६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो। कुशल मल्लले ६५ र कुशल भूर्तेलले ४३ रन बनाए। आसिफ शेखले ३२ र रोहित पौडेल २ रनमा आउट भए । सन्दीप जोरा १८ रनमा अविजित रहे ।

पहिले ब्याटिङ गरेको मलेसियाले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा १६५ रन बनाएको थियो।

मलेसियाका लागि सय्यद अजिजले सर्वाधिक ६८ रन बनाए । अविनाश बोहराले ४ विकेट लिए । यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलका नाममा १–१ विकेट गयो ।

विष्फोटक सुरुवात गरेको मलेसियालाई पछि नेपाली बलरले नियन्त्रणमा राखेका थिए । सेमिफाइनलअघि नेपालले समूह चरणमा ओमानसँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved