सेयर बजार राताम्मे, कारोबार रकम पनि घट्यो 

नेपालभ्युज

सेयर बजार राताम्मे, कारोबार रकम पनि घट्यो 

काठमाडौँ । कारोबारको तेस्रो दिन सेयर बजार राताम्मे बनेको छ । हिजो सामान्य अंकले बढेको नेप्से एक दिन पनि टिक्न नपाउँदै आज फेरी घटेको हो । आज १४ दशमलव २९ अंकले घटेर नेप्से परिसूचक १८६४ दशमलव ४० विन्दुमा पुगेको छ ।

मंगलबार २८६ कम्पनीको २५ हजार ६ सय २५ पटकको कारोबारमा २२ लाख ५८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ५७ अर्ब १४ करोड ८३ लाख रहेको छ ।

त्यस्तै आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । २ दशमलव ३४ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३६० दशमलव ७८ विन्दुमा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved