मलेसियाविरुद्ध कुशल मल्लको अर्धशतक

नेपालभ्युज

मलेसियाविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौं। टी-२० विश्वकप एसियाली छनोट क्रिकेटमा मलेसियाविरुद्ध कुशल मल्लले अर्धशतक पुरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालको कुशल मल्ले २५ बलमा ५० रन पुरा गरेका हुन् ।

कुशलले १ चौका र ६ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे । अन्तर्राष्ट्रिय टी-२० मा नेपालको लागि यो उनको तेस्रो अर्धशतक हो ।

मलेसियाले दिएको १६६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

यसलगत्तै १३.५ ओभरमा कप्तान रोहित पौडेल २ रनमा आउट भए । १४ ओभरमा ३ विकेटको क्षतिमा नेपालले १३४ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved