मलेसियाविरुद्ध नेपालको १०० रन पूरा

नेपालभ्युज

मलेसियाविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं । टी-२० विश्वकप एसियाली छनोट क्रिकेटमा मलेसियाविरुद्ध नेपालले १०० रन पूरा गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले ६३ बलमा १०० रन पूरा गरेको हो । १०.३ ओभरमा छक्का प्रहार गर्दै आसिफ शेखले १०० रन पुर्‍याए ।

अहिले नेपालको लागि कुशल मल्ल र असिफ शेखले ब्याटिङ गरिरहेका छन् । नेपालको लागि कुशल भुर्तेलले ४३ रन बनाए ।

मलेसियाले दिएको १६६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved