जलवायु परिवर्तनको असरबारे छलफल गर्न १८ देशका विज्ञ काठमाडौंमा

नेपालभ्युज

जलवायु परिवर्तनको असरबारे छलफल गर्न १८ देशका विज्ञ काठमाडौंमा

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालमा परेको असर न्यूनीकरणका लागि काठमाडौंमा विज्ञहरुको सम्मेलन सुरु भएको छ । मंगलबारदेखि सुरु भएको सम्मेलनमा १८ देशका विज्ञ सहभागी छन् ।

युनियन अफ एशियन अल्पान एशोसिएशनको आयोजनामा भएको सम्मेलनमा हिमाललाई कसरी बचाउने भन्नेबारे छलफल र समाधानबारे सम्बोधन हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले बताए ।

उनले विभिन्न देशका प्रतिनिधिहरुले सम्मेलनमा हिमालमा देखिएका समस्या र समाधानका उपायहरुबारे चर्चा गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved