सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

नेपालभ्युज

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज ३ दशमलव ०४ अंकले बढेको नेप्से परिसूचक १८७८ दशमलव ७० विन्दुमा पुगेको छ ।

सोमबार २८७ कम्पनीको ३० हजार २ सय ३७ पटकको कारोबारमा २८ लाख २४ हजार सेयर कित्ता किनबेच भएको छ । जसमा कारोबार रकम भने ६९ करोड ४२ लाख रहेको छ । हिजोको तुलनामा आज कारोबार रकम भने घटेको छ । आइतबार कारोबार रकम ७४ करोड २९ लाख रहेको थियो ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्सपनि सामान्य अंकले बढेको छ । १ दशमलव १८ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३६३ दशमलव १३ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved