दशैंपछि पनि बढेन नेप्से, कारोबार रकम ७४ करोडमै सीमित

नेपालभ्युज

दशैंपछि पनि बढेन नेप्से, कारोबार रकम ७४ करोडमै सीमित

काठमाडौँ । दशैंको समयमा बन्द रहेको सेयर बजार आजबाट खुलेको छ ।

सेयर बजार आजबाट खुले पनि खुम्चिने क्रम भने जारी नै रहेको छ । कारोबारको पहिलो दिन आज नेप्से परिसूचक २८ दशमलव १८ अंकले घटेर १८७५ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज २८३ कम्पनीको ३४ हजार ९० पटकको कारोबारमा २७ लाख १२ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ७४ करोड २९ लाख २५ हजार रहेको छ ।

आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । ५ दशमलव १६ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३६१ दशमलव ९४ विन्दुमा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved