आफूलाई अख्तियारको कर्मचारी भन्दै सरकारी कर्मचारीसँग घुस माग्न जाने व्यक्ति पक्राउ

नेपालभ्युज

आफूलाई अख्तियारको कर्मचारी भन्दै सरकारी कर्मचारीसँग घुस माग्न जाने व्यक्ति पक्राउ

‍बाँके। आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई अहिले नेपालगन्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

विगत केही समयदेखि बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले  बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले निगरानी एवम् खोजतलास गरी कोइरालालाई पक्राउ गरेको हो।

प्रवक्ता डाँगीले कोइरालालाई अहिले हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उनीबाट कोही व्यक्ति ठगिएको भए जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिन अनुरोध गरिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved