रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु

नेपालभ्युज

रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु
सांकेतिक तस्वीर।

रूपन्देही । रूपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्न घाट गएका दुईजनाको डुबेर मृत्यु भएको छ ।

दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन गर्न गएकामध्ये २ जनाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले बताए ।
२० वर्षीय सन्तकुमार राजभर बेपत्ता छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved