ग्लोबल आइएमई बैंकले डिजिटल दक्षिणा दिनेलाई क्यासब्याक दिने

नेपालभ्युज

ग्लोबल आइएमई बैंकले डिजिटल दक्षिणा दिनेलाई क्यासब्याक दिने

काठमाडौं । ग्लोबल स्मार्ट प्लस मार्फत दक्षिणा दिंदा १० प्रतिशत क्यासब्याक ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ ।

बैंकको ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमी २०८० को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रूपमा पैसा पठाउँदा १० प्रतिशत (रु. १०० सम्म) बैंकको दक्षिणा स्वरुप तुरुन्तै क्यासब्याक पाउने बैंकले जनाएको छ ।

ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड ‘DAKSHINA’ लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ ।

ग्लोबल आईएमई बैंकको ग्लोबल स्मार्ट एप प्रयोगकर्ता ग्राहकहरूले २०८० कात्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved