एनआरएनए महाधिवेशन प्रक्रिया स्थगित, सिस्टम ह्याक गरेर बद्रीलाई जिताइएको प्रतिस्पर्धीको आरोप

नेपालभ्युज

एनआरएनए महाधिवेशन प्रक्रिया स्थगित, सिस्टम ह्याक गरेर बद्रीलाई जिताइएको प्रतिस्पर्धीको आरोप

काठमाडौं। काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशन प्रक्रिया स्थगित भएको छ।

महाधिवेशनमा भएको निर्वाचनको परिणामलाई लिएर विवाद भएपछि बाँकी प्रक्रिया स्थगित भएको हो।

महाधिवेशनबाट बहालवाला अध्यक्ष डा बद्री केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। अधिकांश उम्मेदवार उनकै समूहबाट निर्वाचित भएका छन्।

बद्री केसी निर्वाचित भएको घोषणा भएपछि विवाद भएको हो।

केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन्।

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट अधिकांश उम्मेदवार पराजित भएका छन्।

पराजित उम्मेदवारको एक समूह निर्वाचनमा धाँधली भएको भन्दै प्रधानमन्त्रीलाई गुनासो गर्न पुगेको थियो।
विवादपछि बाँकी प्रक्रिया स्थगित गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved