दशैँको मौसम पूर्वानुमान : सामान्यतया सफा रहने

नेपालभ्युज

दशैँको मौसम पूर्वानुमान : सामान्यतया सफा रहने

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दशैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ। दशैँमा मौसम सफा रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए।

‘दशैँमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एक\दुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ,’ उनले भने।
महाशाखाले शुक्रबारसम्मा दशैँको विशेष मौसम बुलेटिन जारी गर्ने तयारी गरेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण अहिले देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।

शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved