रुकुममा बजार अनुगमन तीव्र

नेपालभ्युज

रुकुममा बजार अनुगमन तीव्र

रुकुम पश्चिम । रुकुम पश्चिममा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ । कालोबजारी र अखाद्य सामग्रीको बिक्री रोक्न बजार अनुगमनलाई तीव्रता दिएको हो ।

जिल्लाको त्रिवेणी गाउँपालिका– ३ र ६ मा रहेको झुल्नेटा बजार र वडा २ को सिम्रुतु बजार अनुगमन गरिएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसी संयोजकत्वको टोलीले सिम्रुतु बजार र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीको टोलीले झुल्नेटा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा बजारबाट ठूलो मात्रामा म्याद गुज्रिएको अखाद्य वस्तु फेला परेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले  जानकारी दिए ।

प्रशासकीय अधिकृत घर्तीका अनुसार मेडिकल पसलबाट म्याद नाघेको औषधिसमेत बरामद गरिएको छ । झुल्नेटा र सिम्रुतु बजारबाट म्याद सकिएको चाउचाउ, बिस्कुट, चियापत्ती, दालमोठ नियन्त्रणमा लिइएको छ । टोलीले साबुन स्याम्पु, एग्रोभेटबाट कृषि बीउ, औषधि र मेडिकल पसलबाट म्याद गुज्रिएको औषधि जफत गरिएको छ । जफत गरिएका सामग्री रु ४० हजार बराबरको रहेको घर्तीले जानकारी दिए ।

जफत गरिएका सामग्री प्रहरी तथा कर्मचारीको रोहवरमा आगो लगाएर नष्ट गरिएको छ । मंगलबार सिम्रुतुमा एक सय नौ र झल्नेटामा एक सय ९६ वटा किराना, खाद्यान्न तथा औषधि पसल गरेर तीन सय पाँच वटा पसल अनुगमन गरिएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved