काभ्रेमा विद्युतीय गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

नेपालभ्युज

काभ्रेमा विद्युतीय गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

काभ्रे। काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा विद्युतीय गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

काठमाडौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई दिई भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–१२ की २३ वर्षीया पुष्पा तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ बस्ने ५१ वर्षीय टङ्क प्रसाद दाहाल, मोटरसाइकल चालक इलाम थाकथुम गाउँपाकिला–३ का ४० वर्षीय राम कुमार राई र उहाँकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते हुनु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–२ की ज्ञानु ढुङ्गेल, रकिट ढुङ्गेल, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ का अनिल आले मगर, सिन्धुली सुनकोसी गाउँपालिका–३ बस्ने उर्मिला घिमिरे घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved