कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, सबै दलले मत दिने सम्भावना

कार्कीलाई विश्वासको मत दिएर एमालेलाई नैतिक संकटमा पार्ने केन्द्रको सत्ता गठबन्धनको तयारी छ । तर एमालेले कार्की नेतृत्वको सरकारमा माओवादी लगायतका दल सहभागि भएमा सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ ।

नेपालभ्युज

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, सबै दलले मत दिने सम्भावना

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज बुधवार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनको लागि हिजो मङ्गलबार नै कार्य व्यसवस्था परामर्स समितिको बैठक बसिसकेको छ ।  विश्वासको मत लिने प्रयोजनको लागि आज १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।

कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यो धाराअनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासकोमत लिनुपर्ने व्यवस्था भए पनि कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण उहाँले बुधवार नै विश्वासको मत लिन लागेका हुन्

पार्टीमा विद्रोह गरेर एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई सबै दलले मत दिने सम्भावना छ । एमालेले विस्वासको मत दिने पक्का भएको छ भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीले पनि मत दिने निर्णय गरेका छन् । राप्रपाले भने निर्णय गरिसकेको छैन ।

कार्कीलाई विश्वासको मत दिएर एमालेलाई नैतिक संकटमा पार्ने केन्द्रको सत्ता गठबन्धनको तयारी छ । तर एमालेले कार्की नेतृत्वको सरकारमा माओवादी लगायतका दल सहभागि भएमा सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ ।

यदि कार्कीले विश्वासको मत लिन नसकेमा कोशी प्रदेशसभा मध्यावधि चुनावमा जाने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved