गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरू, कुल आचार्यले पाए पहिलो नागरिकता

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता प्रदान गरेर नागरिकता वितरण कार्यको शुभारम्भ गरेका हुन् ।

नेपालभ्युज

गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरू, कुल आचार्यले पाए पहिलो नागरिकता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरणको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता प्रदान गरेर नागरिकता वितरण कार्यको शुभारम्भ गरेका हुन् ।

आचार्यले असोजको २८ गते पर्वतबाट नागरिकता लिएका थिए । पर्वतका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्री र प्रधानमन्त्रीले आचार्यलाई नागरिकता गरे । गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।

नागरिकता प्राप्त गरेपछि उनीहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ।

आज नागरिकता प्रधान गर्दै प्रचण्डले संविधानमा व्यवस्था भएपश्चात् पनि कानुनी व्यवस्था गर्न ढिलो हुँदा गैर आवासीयले नागरिकता नपाएको तर निकै ठूलो संघर्ष र मेहेनतपछि सफलता हासिल गरेको बताए ।

‘पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धी हो ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवालहरूलाई आफू नेतृत्वको सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी छ।

‘नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रू ५ करोडबाट घटाएर रू २ करोड कायम गरेको छ । धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय लागू भइसकेको छ । यो एउटा ऐतिहासिक काम भएको छ जस्तो लाग्छ ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकतावद्ध संघ र बलियो नेतृत्व छनोट गर्नेछ  र संघ थप एकतावद्ध भएर अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved