बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि अपनाउनुहोस् यी टिप्स

नेपालभ्युज

बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि अपनाउनुहोस् यी टिप्स

नास्ता सधैं स्वस्थ दिनुहोस्

धेरैजसो घरहरुमा बिहानको नास्तामा ब्रेड बटर वा तुरुन्तै खान मिल्ने खालका चिजहरु सेवन गर्दछन् । यी सबै चिजहरुबाट बच्चाहरुले पोषण पाउन सक्दैनन् । त्यसैले नास्तामा सधैं घरमै बनाइएका स्वस्थ खानेकुराहरु दिनुपर्छ । यसका लागि तपाईं रोटी, परौठा, फलफूल, दलिया, ओट्स आदि दिन सक्नुहुन्छ । यसले उनीहरुको शरीर दिनभर ऊर्जाशील रहन्छ ।

घरकै मिठो चिज दिनुहोस्

यदी तपाईंको बच्चालाई गुलियो चकलेट, जाम, मिठाई आदि खाने बानी परेको छ वा बच्चाले मिठो गुलियो धेरै मन पराउँछ भने उसलाई त्यस्ता बाहिरका गुलियो चिज नदिनुहोस् । त्यसको सट्टा तपाईं घरमै गुड, मह आदि दिन सक्नुहुन्छ । यसले उनीहरुको स्वास्थ्य पनि बिग्रँदैन र मिठो पनि खान पाइहाल्छन् ।

खेल्ने र सुत्ने समय निर्धारण गर्नुहोस्

बच्चालाई स्वस्थ रुपमा शारीरिक तथा मानसिक वृद्धिविकासका लागि उसको खेल्ने तथा सुत्ने समय पनि निर्धारण गर्नुपर्दछ । शारीरिक र मानसिक विकासका लागि उनीहरुलाई पर्याप्त निद्राको आवश्यकता पर्दछ । त्यसैले समयमै सुताउने र एउटै समयमा उसलाई सुत्ने वातावरण गराउनु पर्दछ ।

प्याकेटको खाना नखुवाउनोहोस्

बच्चाहरुलाई प्याकेटका खाना तथा जंक फुडहरु दिनुहुँदैन । यो स्वास्थ्यका लागि एकदमै हानिकारक र विषालु नै हुन्छ । त्यसैले घरकै खानेकुराहरु खाएर रमाउने खालको बानीको विकास गराउनुहोस् । घरमै विभिन्न खाले व्यञ्जन तथा बच्चाहरुलाई मन पर्ने खालको खानेकुराहरु बनाएर खुवाउनुहोस् ।

दैनिक दुईवटा फल खुवाउनुहोस्

फलफूलमा भएको पोषक तत्वले बच्चाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । त्यसैले बच्चालाई फलफूल खान सिकाउनुहोस् । उसलाई कम्तीमा दैनिक रुपमा दुईवटा फलफूल अवश्य खुवाउनुहोस् । यसलाई उनीहरुको बानी नै बनाइदिनुहोस् ।

प्याकेटको जुस नदिनुहोस्

प्याकेटको जुसमा प्रिजर्वेटिव र चिनी हुन्छ । यसको सेवन गर्नाले बच्चा विरामी पनि हुन सक्छन् । त्यसैले यसको ठाउँमा ताजा फलफूलको जुस, कागती पानी, नरिवल पानी आदि दिन शुरु गर्नुहोस् ।

खानपानमा परिवर्तन ल्याउनुहोस्

मौसम परिवर्तन हुनेबेला बच्चाहरु विमारी हुने अत्यधिक सम्भावना हुन्छ । जसले गर्दा उनीहरुको खानपानलाई पनि परिवर्तन गर्नुपर्ने हुन सक्छ । जस्तै जाडोको खानेकुराहरु गर्मीमा फाइदाजनक नहुन सक्छ वा गर्मीको खानपान जाडोका लागि बेफाइदा गर्न सक्छ । त्यसैले मौसम अनुसारको खानपानमा पनि परिवर्तन ल्याउनुहोस् । एजेन्सी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved