एनआरएनए निर्वाचन : पहिलो दिन ८ जनाको उम्मेदवारी

नेपालभ्युज

एनआरएनए निर्वाचन : पहिलो दिन ८ जनाको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)  निर्वाचनका लागी बिहीबारदेखि मनोनयन दर्ता सुरु भएको छ । विद्युतीय र भौतिक उपस्थिति दुवै माध्यमबाट मनोनयन दर्ता सुरु गरिएको छ ।

पहिलो दिन जम्मा ८ जनाले मात्रै उम्मेदवारी दर्ता गराएको सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् ।

घिमिरेका अनुसार मनोनयन दर्ता शुक्रबार र शनिबार पनि जारी रहनेछ । पहिलो दिन अध्यक्षमा कसैको पनि उम्मेदवारी दर्ता भएको छैन । यस्तै उपाध्यक्षमा एक जनाको तथा सचिवसहितका पदाधिकारीका केही पदमा उम्मेदवारी दर्ता भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved