सिद्धार्थ बैंकको लाभांश घोषणा, लगानीकर्तालाई ५९ करोड ३१ लाख बाँड्ने 

नेपालभ्युज

सिद्धार्थ बैंकको लाभांश घोषणा, लगानीकर्तालाई ५९ करोड ३१ लाख बाँड्ने 

काठमाडौँ । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बुधबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४।२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव गरेको छ ।

अघिल्लो वर्ष २०७८–७९मा सिद्धार्थ बैंकले कुल १३।१६ प्रतिशत लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरिने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved