म्यानचेस्टर युनाइटेडको नाटकीय जित, लुटन टाउनलाई हराएर टोटनहम शीर्ष स्थानमा

नेपालभ्युज

म्यानचेस्टर युनाइटेडको नाटकीय जित, लुटन टाउनलाई हराएर टोटनहम शीर्ष स्थानमा

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडले नाटकीय जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले ब्रेन्टफर्डमाथि २–१ को नाटकीय पुनरागमन जित निकालेको छ ।

१ गोलले पछि परेको अवस्थामा इन्ज्युरी समयमा २ गोल फर्काउँदै युनाइटेड जित हासिलल गर्न सफल भएको हो । दुबै गोल स्कट मकटोमिनेले गरेका हुन् ।

२६औं मिनेट माथियास येन्सनले गोल गर्दै ब्रेन्टफर्डलाई अग्रता दिलाएका थिए ।  तर ८७ औँ मिनेटमा मैदान प्रवेश गर्ने मौका पाएका मकटोमिनेले ४ मिनेटको फरकमा २ गोल गर्दै लागि सनसनीपूर्ण जित निकाले ।

उनले इन्ज्युरी समयको तेस्रो र सातौं मिनेटमा गोल गरे जितपछि युनाइटेड ८ खेलमा १२ अंक सहित दशौं स्थानमा उक्लेको छ । ब्रेन्टफर्ड ७ अंक सहित १४ औं स्थानमा छ।

शनिबार नै अर्को खेलमा चेल्सीको बर्नली लाई ४–१ ले हरायो । चेल्सीका लागि कोल पाल्मर, रहिम स्टर्लिङ र निकोलस ज्याक्सनले समान १ गोल गर्दा अर्को आत्मघाती गोल उपहार पाएको थियो। चेल्सी ८ खेलमा ११ अंकसहित चेल्सी ११ औँ स्थानमा छ । बर्नली ४ अंक सहित १९ औं स्थानमा छ ।

शनिबार नै भएको खेलमा एभर्टनले बर्नमाउथलाई ३ गोलले हरायो । एभर्टन १५ औँ र बर्नमाउथ १९ औँ स्थानमा छ । क्रिष्टल प्यालेस र नटिङघम फरेस्टले बराबरी खेले । क्रिष्टल प्यालेस नवौं स्थानमा पुगेको छ ।

शनिबारको पहिलो खेलमा १० खेलाडीमा सिमित टोटेनहम हटस्परले लुटन टाउन माथि १–० को संघर्षपूर्ण जित हासिल गरेको छ ।मिकी भ्यान डे भेनको ५४औं मिनेट गरेको गोलमा टोटेनहम विजयी भएको हो ।

जित पछि टोटनहम ८ खेलमा २० अंकसहित प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved