डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’मा रविन तामाङ विजेता 

नेपालभ्युज

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’मा रविन तामाङ विजेता 

काठमाडौँ । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९१२७६१८६४ कास आईडीका ग्राहक रविन तामाङ विजेता भएका छन् । उनले २०८० असोज १५ गते सोमबार भएको लक्की ड्र मार्फत विजेता बनेसँगै नगद एक लाख रुपैयाँ जितेका हुन् ।

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र इमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान आश्विन १, २०८० देखि सीमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved