हेटौंडामा सवारी दुर्घटना, नौजना घाइते

नेपालभ्युज

हेटौंडामा सवारी दुर्घटना, नौजना घाइते

मकवानपुरl। बागमती प्रदेशको राजधानी हेटौंडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौंडा–१५ चुरियामाईनजिकै सडकमा सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगञ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना. ७ ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएकाको परिचय नखुेको र उनीहरूलाई उद्धार गरेर उपचारको लागि हेटौंडा अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

दुवै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved