बालक मृत्यु प्रकरण : वीरेन्द्रनगरमा बिहानैदेखि आन्दोलन, राजमार्ग अवरुद्ध

दुर्घटनामा मृत्यु भएका बालकको आफन्तले कर्णाली राजमार्ग अवरुद्ध पारेका छन् ।

बालक मृत्यु प्रकरण : वीरेन्द्रनगरमा बिहानैदेखि आन्दोलन, राजमार्ग अवरुद्ध

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बिहानैदेखि अशान्त बनेको छ । सुर्खेतमा शुक्रबार र शनिबार दुई घटनामा परी मृत्यु भएका दुई जना बालकका आफन्तहरूले आन्दोलन गर्दा वीरेन्द्रनगर आन्दोलित बनेको हो ।

वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेजनजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरी र शुक्रबार वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेन्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए ।

होस्टेलमै शङ्कास्पद मृत्यु भएका उनका आफन्त र मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पुरीका आफन्तहरू घटनाको छानबिन र क्षतिपूर्तिको माग गर्दै आइतबार बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।

दुर्घटनामा मृत्यु भएका बालकको आफन्तले कर्णाली राजमार्ग अवरुद्ध पारेका छन् ।

स्थानीयले दोषीलाई पक्राउ नगरेसम्म सडक नखुलाउने भन्दै उनीहरुले आन्दोलन सुरु गरेका छन् ।

ूयहाँ अहिले सयौंको संख्यामा गाडी रोकिएका छन । ‘स्थानीय दिलबहादुर थापाले भने, ‘दुवै तर्फका गाडी संचालन पूर् रुपमा बन्द छ भने बजार पनि बन्द छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved