ईन्ट्रा फाउन्डेसनको वार्षिक ईन्ट्रा कप २०२३ सफलतापूर्वक सम्पन्न  

नेपालभ्युज

ईन्ट्रा फाउन्डेसनको वार्षिक ईन्ट्रा कप २०२३ सफलतापूर्वक सम्पन्न  

काठमाडौँ । ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आफ्नो वार्षिक तेस्रो इन्ट्रा कप २०२३ सफलतापुर्वक सम्पन्न गरेको छ । मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको भव्य सफलता पश्चात्, फाउन्डेसनले न्यु योर्कको रोचेस्टरमा आफ्नो वार्षिक ईन्ट्रा कप २०२३, सक्कर र भलिबल टूर्नामेन्टको सफलतापुर्वक सम्पन्न गरेको हाे ।

सम्पन्न टूर्नामेन्टको बारेमा बोल्दै ईन्ट्रा फाउन्डेसनका अध्यक्ष दिल्ली अधिकारीले खेलकुदमा सहभागिता प्रवर्द्धन गर्दै समुदाय माझ स्पोर्ट्सम्यानशिपलाई बढावा दिनु ईन्ट्रा कप २०२३को प्रमुख उद्देश्य रहेको बताए । उनले भने, ‘खेलकुद टिमवर्क, सहकार्य र टिम स्पिरिट जस्ता महत्त्वपूर्ण मूल्य मान्यतालाई बढावा दिने एक प्रमुख माध्यम हो ।’

उनले खेलको माध्यमबाट नेपालीहरूलाई एकताको सूत्रमा बाँध्नु र सहकार्यलाई बढावा दिँदै नेपाली भाषाको प्रवर्द्धन समेत कार्यक्रमको उद्देश्य भएको उनले जानकारी दिए ।

विजेताका बारेमा

तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ ९पुरुष० तर्फका विजेता टिमाई स्क्वाडले १५ हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् । तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ ९महिला० तर्फका विजेता शाइनिङ स्टार्सले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् ।

त्यस्तै, तेस्रो ईन्ट्रा कप ईन्टरस्टेट सक्कर टूर्नामेन्ट २०२३ ९भेटरान०को उपाधि लगातार दोस्रो बर्षपनि सिन्सी ईन्ट्रा एफसीले जितेको छ भने सिन्सी ईन्ट्राले यो जित सँगै १० हजार अमेरिकी डलर, नगद पुरस्कार हात पारेका छन् ।

तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ ९महिला०को उपाधि बेलमोन्टले जितेको छ । तिनले ८ हजार अमेरिकी डलर नगद, हात पारेका छन् । तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ ९पुरुष०को उपाधि रुकुम एले जितेको छ । तिनले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved