छोरीको ११औं जन्मदिनमा अक्षयकुमारले लेखे भावुक नोट

नेपालभ्युज

छोरीको ११औं जन्मदिनमा अक्षयकुमारले लेखे भावुक नोट

एजेन्सी । अक्षय कुमारले छोरी निताराको ११औं जन्मदिनको अवसरमा एउटा भावुक नोट लेखेका छन् । अभिनेताले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेर छोरीका लागि विशेष कुरा लेखेका हुन् ।

उनले लेखेका छन् ‘छोरीहरु यति छिटो किन ठूली हुन्छन् ? जो मेरो हात समातेर हिँड्ने गर्थी ऊ छिट्टै जवान युवती बन्नेछ’

यस पोष्टमा अभिनेताले ‘आफ्नी छोरी र उनको सिर्जनशील दिमागप्रति गर्व छ’ भनेर पनि लेखेका छन् । उनी छोरी ठूली हुँदै गएकोमा भावुक भएका छन् । अक्षय कुमार फिल्म मिशन रानी गञ्जमा छिट्टै देखिनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved