राष्ट्रबैंकले सार्वजनिक गर्‍यो गाईको चित्र अंकित ‘मोडालियन सिक्का’

नेपालभ्युज

राष्ट्रबैंकले सार्वजनिक गर्‍यो गाईको चित्र अंकित ‘मोडालियन सिक्का’

काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले राष्ट्रिय जनावर गाईको चित्र अंकित मोडालियन सिक्का सार्वजनिक गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् ।

उक्त सिक्काको अघिल्लो भागमा राष्ट्रिय जनावर गाईको चित्र छ भने पछिल्लो भागमा त्रिशूलसहितको अन्य चिह्नहरु उल्लेखित छन् । राष्ट्र बैंकले ल्याएको उक्त सिक्काहरूमध्ये एउटा १० ग्राम र अर्को २५ ग्रामको चाँदीका सिक्काहरू रहेका छन् । १० ग्रामको सिक्काको १ हजार ६ सय रुपैयाँ र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मोडालियन सिक्काको टकमरी गर्न स्वीकृत दिएको थियो ।

यी दुवै सिक्कामा ९९९ टचको चाँदी प्रयोग गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved