बैंकहरूले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन : गभर्नर अधिकारी

नेपालभ्युज

बैंकहरूले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन : गभर्नर अधिकारी

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् ।

शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।  गभर्नर अधिकारीले बैंकहरूको कर्जा प्रवाह मुलुकको जीडीपी भन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए ।

बैंकहरूले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएको बताउँदै उनले अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरूले कर्जा दिने बताए। गभर्नर अधिकारीले बैंकहरूले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने भ्रममा बस्न नहुने भन्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कहरू चुनौती दिने प्रचलन रहेको बताए ।

उनले नेपालको अर्थतन्त्रका धेरै प्यारामिटरहरूमा चुनौती रहेको तथा अर्थतन्त्रमा धेरै मनि सप्लाई भएको वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरू रहेको बताए ।

उहाँले मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको पनि महत्वपूर्ण भूमिका हुने गरेको बताउँदै केन्द्रीय बैंकले लिने नीतिको प्रभाव मूल्य वृद्धिमा पर्ने बताए।

राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री निरन्तररूपमा आत्मनिभर अर्थतन्त्र बनाउने नीति बनाउन आवश्यक रहेको गभर्नर अधिकारीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved