ट्रेण्डिङ र भाइरलमा विश्वास छैनः राजेशपायल राई

नेपालभ्युज

ट्रेण्डिङ र भाइरलमा विश्वास छैनः राजेशपायल राई

काठमाडौं । गायक राजेशपायल राईले   ट्रेण्डिङ र भाइरलमा विश्वास नलाग्ने बताएका छन् । शुक्रवार काठमाडौंमा  सांगीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक कार्यक्रममा गायक राईले यस्तो बताएका हुन् ।

उनले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने बताए । उनले आफूले अहिलेसम्म ७ देखि ८ हजारसम्म गीत गाइसकेको बताए । उनले आफूलाई नेपाली गीत संगीतले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्नुपर्ने र नेपाली भिडियो देखाउँदा नेपाली कला कम नहोस भन्ने कुरामा मात्रै लोभ रहेको बताए । उनले इमान्दार भएर आफ्नो पेशामा रहन सक्दा फल प्राप्त हुने बताए  ।

चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, एलिशा राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved