सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुन: बस्ने

नेपालभ्युज

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुन: बस्ने

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । गृह मन्त्रालयमा बिहीबार भएको वार्ता टुंगोमा नपुगेपछि  शुक्रबार बिहान ९ बजे  पुन:  बस्ने समझदारी भएको वार्तामा सहभागी एक शिक्षक प्रतिनिधिले जानकारी दिए ।

सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।

यस्तै महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी थिए ।

विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । जसका कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ । बिहीबार बिहान पनि आन्दोलरत पक्ष र गृहमन्त्री श्रेष्ठबीच  वार्ता भएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved