नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब २९ करोडको कारोबार

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब २९ करोडको कारोबार

काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.३४ अंकले बढ्दै २०२९ पुगेर रोकिएको छ । साताको अन्तिम कारोबार आज २ सय १७ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर छ ।

सेयर बजारमा उत्साह  छाएको यस दिन १ करोड १२ लाख ६४ हजार कित्ता किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको  सेयर कारोबार भएको छ ।

परिसूचकमा उत्साहजनक वृद्धि आउँदा १४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको २० करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

यस्तै, आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर ७ लाख २९ कित्ता सेयर किनबेच भएको छ भने सन नेपाललाईफको सेयर ३२ हजार पटक किनबेच भएको नेप्सेले जनाएको छ । परिसूचक बढ्दा सबैजसो समूहमा उत्साहजनक वृद्धि देखिएको छ । जसमध्ये आज निर्जीवन बीमा समूहको सूचक १८६ अंकले बढ्दा जीवन बीमा समूहको सूचक १८० अंकले बढेको छ ।

यस्तै, विकास बैंक समूहको सूचक १४२ अंकले बढ्दा उत्पादनमूलक समूहको सूचक १४७ अंकले बढेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved