बानेश्वरमा प्रहरी र शिक्षकबीच घम्साघम्सी (तस्वीरहरू)

माइतीघरमा भेला भएर बानेश्वर पुगेका शिक्षकलाई प्रहरीले रोक्न खोजेपछि घम्साघम्सी भएको हो ।

बानेश्वरमा प्रहरी र शिक्षकबीच घम्साघम्सी (तस्वीरहरू)

काठमाडौं । बानेश्वरमा आन्दोलित शिक्षक र प्रहरीबीच घम्साघम्सी भएको छ । माइतीघरमा भेला भएर बानेश्वर पुगेका शिक्षकलाई प्रहरीले रोक्न खोजेपछि घम्साघम्सी भएको हो ।

शिक्षकले बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोकेको हो । आन्दोलनका लागि देशभरका शिक्षक काठमाडौं आएका छन् ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकविरुद्ध देशभरका विद्यालय ठप्प पारेर शिक्षकहरु आन्दोलनका लागि काठमाडौं आएका हुन् ।

शिक्षकको प्रदर्शका कारण काठमाडौंको ट्राफिक व्यवस्था नराम्ररी प्रभावित भएको छ । सिंहदरबारबाट माइतीघर हुँदै थापाथली र बानेश्वरतर्फ जाने सवारी साधन ठप्प छन् । जसको असरले चारैतिरको सवारी आवागमन प्रभावित भएको छ ।

शिक्षकहरुले विधेयकका कतिपय प्रावधान संशोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved