संविधानले नेपालको समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको छ : कार्यवाहक प्रधानमन्त्री खड्का

नेपालभ्युज

संविधानले नेपालको समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान सभाबाट जारी नेपालको संविधानले नेपालको समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको बताएका छन् ।

संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै खड्काले संविधानले सबै नेपाललीलाई अधिकार सम्पन्न गराएको पनि बताए  ।

उनल भने, हाम्रो संविधानले राज्यको सबै तह र तप्कालाई सबै नागरिकहरूलाई समान र समन्यायिक पहुँच सुनिश्चित गर्दै शासन प्रणालीमा जनताको अधिकतम प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । यसलाई यथार्थमा परिणत गर्ने प्रमुख माध्यम आवधिक निर्वाचन हो, जुन लोकतान्त्रिक शासन प्रणालीको सारभूत पक्ष पनि हो । ‘


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved