कैटरीना कैफ : नाम परिवर्तन गर्ने बित्तिकै बनिन् करोडपति

नेपालभ्युज

कैटरीना कैफ : नाम परिवर्तन गर्ने बित्तिकै बनिन् करोडपति

एजेन्सी । बलिउड अभिनेत्री कैटरीना कैफ आफ्नै मेहनतले फिल्म उद्योगमा एउटा खास पहिचान बनाइसकेकी छन् ।

तर तपाईंलाई थाहा छ ? कैटरीना कैफको खास नाम केही अरु नै थियो । आज हामी उनको नामसँग जोडिएको तथ्य र उनको कमाईका बारेमा कुरा गर्नेछौं ।
कैटरीना शुरुआती दिनमा एक पछि अर्को असफलता व्यहोर्नु परेको थियो जसले गर्दा उने आफ्नो नाम नै परिवर्तन गरिन् । खास उनको पहिला नाम कैटरीना टारकोटा थियो । भारतीय सञ्चार माध्यममा प्रकाशित रिपोर्टअनुसार उनको नाम परिवर्तन गर्नुका पछाडि फिल्म बुमकी निर्माता आएशा श्राफको हात थियो । उनले नै नाम परिवर्तन गर्न सुझाव दिएकी थिइन् ।

कैटरीना मुम्बईको एक आलीशान अपार्टमेन्टमा पति विक्की कौशलसँग बस्छिन् । यस अपार्टमेन्टको मूल्य करीब ८ करोड भारतीय रुपैंया रहेको छ । यसबाहेक उनीसँग लन्डनमा पनि एउटा शानदार घर छ ।

कैटरीनालाई गाडीहरुको एकदमै धेरै रुचि छ । उनीसँग ४२ लाखको आडी क्यू३, ५० लाख पर्ने मर्सिडिज एमएल३५० र ८० लाख भारतीय रुपैंया पर्ने आडी क्यू ७ सामेल छन् ।

अभिनेत्रीले एउटा फिल्ममा अभिनय गरेवापत करीब १० देखि १२ करोड भारु पारिश्रमिक लिन्छिन् । यसका साथै विज्ञापनबाट पनि ठूलो रकम कमाई गर्छिन् । उनले कैफ लक्स, पानासोनिक र ओप्पो जस्ता कैयौं ब्रान्डका विज्ञापनबाट पनि मोटो रकम लिने गर्छिन् ।

रिपोर्टअनुसार अभिनेत्रीले एउटा विज्ञापनका लागि करीब ६ देखि ७ करोड रुपैंया पारिश्रमिक लिने गर्छिन् । उनको सम्पूर्ण नेटवर्थ करीब २३० करोड भारतीय रुपैंया छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved