तीजको सुरक्षा व्यवस्थापनका लागि पशुपतिनाथमा प्रहरीको कमाण्ड पोष्‍ट स्थापना

नेपालभ्युज

तीजको सुरक्षा व्यवस्थापनका लागि पशुपतिनाथमा प्रहरीको कमाण्ड पोष्‍ट स्थापना
फाइल फोटो

काठमाडौँ। हरितालिका तीजको सुरक्षा व्यवस्थापनका लागि पशुपतिनाथ मन्दिर परिसरमा ६ सय ३० महिला प्रहरीसहितको नेपाल प्रहरीको कमान्ड पोष्‍ट स्थापना गरिएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठको नेतृत्वमा आइतबारदेखि तीज पर्व सम्पन्न नभएसम्मका लागि कमान्ड पोस्टको स्थापना गरिएको प्रहरीले जनाएको छ।

यसका लागि हरेक सिफ्टमा १ हजार ४ सय ८३ जना प्रहरी खटिनेछन् । जम्मा खटिने प्रहरी जनशक्ति २९६६ हुनेछ ।

प्रहरीले पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका माध्यमद्वारा तीजपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved