नाडा अटो शो २०२३ को पाँचौं दिनसम्म आधा लाखले गरे अवलोकन

नेपालभ्युज

नाडा अटो शो २०२३ को पाँचौं दिनसम्म आधा लाखले गरे अवलोकन

काठमाडौं। काठमाडाैंमा मंगलबारदेखि नाडा अटो शो २०२३ को पाँचौं दिन अवलोकनकर्ताको भीडले थप रौनक देखिएको छ।आर्थिक शिथिलताका बाबजुद आयोजित अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ता को भीडभाड उत्साहप्रद रूपमा बढेको छ।

अटो शोको पाँचाैँ दिन आज शनिबारसम्ममा ५० हजारभन्दा बढी अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरिसकेको नाडा अटो शोका संयोजक अनुप बरालले बताए। उनले ३ वर्षपछि अटो शो भए पनि अवलोकन र खरिद कर्ताको उपस्थिति उत्साहजनक रहेको बताए।

उनले सवारी साधनमा पनि पछिल्लो समय विद्युतीय गाडीमा मानिसको आकर्षण देखिएको बताए। उनले विशेषगरी नयाँ र पुराना विद्युतीय सवारी साधनमा मानिसको बढी माग र आकर्षण साथै कारोबार पनि राम्रो रहेको दाबी गरे। उनले विद्युतीय सवारी साधनमा देखिएको मानिसको भिडले विद्युतीय सवारी साधनमा विश्वास बढेको देखिएको उल्लेख गरे।

संयोजक बरालले अटो शोमा दुई र चारपाङग्रे सवारी साधनको बुकिङ र भएको चहलपहलले अर्थतन्त्रमा सकारात्मक सन्देश दिने बताए। उनले अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताको आकर्षण हेर्दा अटो मोबाइल क्षेत्रलाई चलायमान बनाउने देखिएको उल्लेख गरे।

उनले दुई दिनमा २० हजारसम्म अवलोकनकर्ता आएमा ७० हजार अवलोकन गराउने उद्देश्य पूरा हुने भन्दै कारोबार पनि अपेक्षा अनुसार हुने विश्वास रहेको बताए। उनले अटो शोले अर्थतन्त्र र अटो मोबाइल क्षेत्रलाई चलायमान बनाउने काम गरेको बताए।
सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले ३ वर्षपछि अटो शो भएकाले अवलोकन कर्ताको भीडभाड धेरै रहेको बताए। उनले अटो शोमा सबै ब्राण्डका गाडीहरु एकै ठाउँमा हेर्न पाउने भएकाले पनि मानिसको भीड लाग्ने गरेको बताए।

उनले सवारी साधन खरिद गर्ने र बेच्ने दुबैैको लागि अटो शो राम्रो प्लेटर्फम भएको बताए। निर्देशक गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा मन्दीको अवस्था भएकाले बिक्रि राम्रो भए पनि विद्युतीय सवारी साधनमा आकर्षण देखिएको बताए। उनले विद्युतीय सवारी साधनमा आकर्षण देखिएकाले माग र बुकिङ राम्रो रहेको उल्लेख गरे।

त्यस्तै, बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इङ्कका मार्केटिङ प्रमुख आशुतोष गौतमले विद्युतीय गाडीको माग राम्रो रहेको बताए। उनले बीवाइडी विद्युतीय सवारी साधन उत्पादन कम्पनी भएकाले पनि प्रदर्शनीमा राखिएको न्यून बीवाइडी सेल र डल्फिनको माग उच्च रुपमा आएको बताए।

उनले बीवाइडी कम्पनीको विद्युतीय गाडी अटो शोभन्दा अगाडि ५०० बुकिङ भएकोमा अटो शो शुरु भएपश्चात् पाँच दिनमा ३०० बढी बुकिङ भएको बताए। त्यस्तै ,अटो शो अवलोकनकर्ता डा.भोजराज घिमिरेले अटो प्रदर्शनीमा भिडभाड भए रहेको तर स्टल राख्ने कम्पनीले अनुभवी र कम्पनीको गाडीको विशेषताको विषयमा ज्ञान नभएको बताए। उनले अनुभवी एक दुई जना भए पनि ग्राहकलाई डिल गर्न व्यस्त रहने देखिएकाले राम्रो ब्राण्डको कम्पनीको फिचर्सको विषयमा सही जानकारी लिन समस्या रहेको बताए।

उनले सवारी साधन हेर्न आउने ग्राहकलाई गाडीको विशेषता भन्ने भन्दा पनि नम्बर टिप्नेमा बढी प्राथमिकता दिएको बताए। उनले नेपालको अर्थतन्त्रमा समस्या भएपनि मानिसको व्यवहारमा परिर्वतन भएको भन्दै २ पाङ्ग्रेबाट ४ पाङ्ग्रे परिवर्तन गर्ने अवस्थामा रहेको बताए।

पेट्रोलको मूल्य उच्च हुँदै गएकाले पछिल्लो समय मानिसले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको देखिएको छ।अटो शोसँगै अटो लोन (फाइनान्सिङ) का लागि समेत बैंक तथा वित्तीय संस्थामा माग बढेको बैंकले बताएका छन्।

बैंकले अवलोकनकर्ता ग्राहकको रुचि पेट्रोलियम गाडीमाभन्दा बढी ईभी (विद्युतीय) गाडीमा देखिएकाले अटो लोन पनि विद्युतीय सवारी साधनका लागि बढी आइरहेको छ। नाडा अटो शो भदौ ३१ गतेसम्म जारी रहनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved