परिवारमा बाथ रोग छ भने बच्चालाई खुवाउनुहोस् यस्तो खाना

नेपालभ्युज

परिवारमा बाथ रोग छ भने बच्चालाई खुवाउनुहोस् यस्तो खाना

एजेन्सी । यदि, घरमा पहिलेदेखि नै कसैलाई बाथ, गठियाजस्ता रोगको समस्या छ भने बच्चाको डाइटमा अत्यधिक क्याल्सियम भएका खानालाई जरुर सामेल गर्नुपर्दछ । 

यस्तो खानाले बच्चाको हड्डीलाई बलियो बनाउँछ र राम्रोसँग विकास हुन्छ । आउनुहोस् जानौं परिवारमा बाथको वंशाणुगत गुण हुने घरमा बच्चालाई कस्तो खाना खुवाउने भनेर जानौं ।

दूध
दूधको सेवन बच्चाका लागि मात्र नभएर हरेक उमेर समूहका व्यक्तिलाई राम्रो हुन्छ । दूधको सेवनले हड्डीको विकास तीव्र गतिमा हुन्छ र मांसपेशीहरूमा पनि तागत जान्छ जसले गर्दा भविष्यमा बाथ जस्तो रोगको सम्भावना कम हुन्छ ।

माछा

बच्चाको हड्डीको राम्रो विकासका लागि उनीहरूलाई माछाहरू खुवाउने गर्नुहोस् । मैकरेल, टुना तथा सालमन आदि माछाहरूमा पाइने पोषक तत्त्वहरूले हड्डीलाई भित्रैदेखि बलियो बनाउने काम गर्छ ।

हरियो साग

क्याल्सियमका लागि हरियो साग तथा तरकारीहरू बच्चाहरूलाई खुवाउने गर्नुहोस् । बच्चालाई पालक, मेथी तथा तोरीको साग आदि खुवाउन सकिन्छ । यसले उनीहरूको शारीरिक तथा मानसिक दुवै विकास राम्रो हुन्छ ।

अलमन्ड बटर

अलमन्ड बटरमा क्याल्सियमको भरपूर मात्रा हुनुका साथै मोनोअनस्याचुरेटेड फ्याट पनि हुन्छ जसले बच्चाको राम्रो विकासमा जोड दिन्छ ।

सुन्तलाको जुस

सुन्तलाको रसमा क्याल्सियम, पोटासियम तथा फोलेट जस्तो कैयौं गुणकारी तत्वहरू पाइन्छन् । जसले बच्चाको सम्पूर्ण विकासमा राम्रो काम गर्छ । यस जुसलाई नियमित रूपमा बच्चालाई सेवन गर्न दिएमा बाथ, गठिया आदि रोगको सम्भावना एकदमै कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved