धरानका उपप्रमुखको घरमा आक्रमण, खुकुरी प्रहारबाट भाइ घाइते

नेपालभ्युज

धरानका उपप्रमुखको घरमा आक्रमण, खुकुरी प्रहारबाट भाइ घाइते

काठमाडौं । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा हतियारधारी समूहले आक्रमण गरेको छ ।

हतियारसहित घरमा पसेको उक्त समूहले खुकरी प्रहार गर्दा उपप्रमुख बेघाका कान्छा भाइ विष्णु बेघाको देब्रे गालामा चोट लागेको छ ।

खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहेको धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जानकारी दिए । धरान १५ स्थित खोरिया बस्तीका अराजक युवाहरूले आक्रमण गरेको स्थानीयले बताएका छन्।

हतियारधारी समूहले घरमा आक्रमण गरेको खबर पाएपछि उपप्रमुख बेघाले प्रहरीलाई फोन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved