भेरीमा भेटियो औँठी र घडीसहितको शव, दुई साता यता बेपत्ता छन् मेजर पण्डित

डोल्पा, जाजरकोट र रुकुमको सीमाक्षेत्र भेरी नदीमा एक जना पुरुषको शव भेटिएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित भेरी नदीमा मंगलबार पुरुषको एक शव फेला परेको हो।

नेपालभ्युज

भेरीमा भेटियो औँठी र घडीसहितको शव, दुई साता यता बेपत्ता छन् मेजर पण्डित

काठमाडौं।  डोल्पा, जाजरकोट र रुकुमको सीमाक्षेत्र भेरी नदीमा एक जना पुरुषको शव भेटिएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित भेरी नदीमा मंगलबार पुरुषको एक शव फेला परेको हो।

शव भेटिएको स्थान रुकुम पश्चिमको गोतामकोट क्षेत्र र जाजरकोट आठबिसकोट नगरपालिका क्षेत्रनजिकै पर्छ। ब्यारेकबाट एक्लै निस्किएर बेपत्ता भएका मेजर विमल पण्डित गाडी रिजर्भ गरेर त्रिपुरा पुगेका थिए।

त्यहाँबाट उनी सम्पर्कविहीन भएका थिए। नदीमा पुरुषको शव भेटिएपछि सुरक्षा बल खटाइएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए। शव कसको हो भन्ने पहिचान भएको छैन।

शव भेटिएको क्षेत्रमा नेपाली सेनाका दुईवटा टोली गएका छन्। भदौ ११ गतेदेखि मेजर पण्डित बेपत्ता भएका थिए। उनको अवस्था अझै अज्ञात छ। मंगलबार भेटिउको शव मेजर पण्डितको हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved