‘पुष्पा २’ अर्को वर्ष रिलिज हुने

नेपालभ्युज

‘पुष्पा २’ अर्को वर्ष रिलिज हुने

एजेन्सी । भारतको साउथका अभिनेता अल्लु अर्जुनको फिलम ‘पुष्पा’ सन् २०२१ को डिसेम्बरमा रिलिज भएको थियो । फिल्म धेरैलाई मनपरेको थियो र सबैले यसको दोस्रो भागको पनि माग सुरु गरिसकेका थिए ।

फिल्म ‘पुष्पा २’ को जब घोषणा गर्दा प्रसशंक खुसीले गदगद भएका थिए । अब अल्लु अर्जुनले आफ्नो फिल्मको रिलिज डेट पनि घोषणा गरिसकेका छन् ।

अल्लु अर्जुनले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आफ्नो आउँदै गरेको फिल्म ‘पुष्पा २ द रुल’ को रिलिज मिति घोषणा गरेका छन् । उनको फिल्म अर्को वर्ष यानिकी सन् २०२४ को अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसका अवसरमा रिलिज हुनेछ ।

उनको पोस्टमा फ्यानहरूले जमेर प्रतिक्रिया दिइरहेका छन् । एक जनाले त फिल्मले एक हजार करोडसम्म कमाउँछ भनेर दाबी गरेका छन् । त्यस्तै कतिले उनको पुष्पा फिल्मको डायलग ‘झुकेगा नहीँ साला’ लेखेका छन् । त्यस्तै, धेरैले आफूलाई मन पर्ने फिल्म बताएका छन् ।

फिल्मको रिलिज हुने मिति घोषणा भएसँगै बलिउडको अर्को ठूलो फिल्मसँग जुध्ने निश्चित भएको छ । सोही दिन बलिउड अभिनेता अजय देवगनको ‘सिंघम अगेन’ पनि रिलिज हुनेछ । यसरी भारतको स्वतन्त्रता दिवसका अवसरमा दुई वटा ठूला फिल्मले सबैलाई मनोरञ्जन प्रदान गर्ने भने निश्चित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved