निरन्तर नेटवर्क उपलब्ध गराउँदै नेपालमा फाइभजी प्रविधि सुरु गर्ने सामसङको तयारी

नेपालभ्युज

निरन्तर नेटवर्क उपलब्ध गराउँदै नेपालमा फाइभजी प्रविधि सुरु गर्ने सामसङको तयारी

काठमाडौं। विश्वकै सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्ड सामसङ नेपालमा आविष्कारको क्षेत्रमा सधैँ अग्रणी रहँदै आएको छ।

स्मार्टफोनको दुनियाँमा नयाँ उन्नत नवीनतम प्रविधि भित्र्याउनुमा सामसङको अलग्गै प्रतिष्ठा रहेको छ, चाहे यो फोल्डेबल स्मार्टफोन प्रविधिलाई उन्नत बनाउन रहेको भूमिका होस् या स्मार्टफोनबाट गर्न सकिने सम्भवताको परिधिहरूलाई निरन्तररूपमा विस्तार गर्न होस् या पहुँच योग्य दायरामा पाइने फाइभजी नेटवर्किङ क्षमताहरूका साथ निर्माण गरिएका सामसङका फोन वा सामसङको कनेक्तेड इकोसिस्टमका साथ विश्वलाई नजिक ल्याउन होस् सामसङले सधैँ नेपाली बजारमा आफ्नो ए–गेम ल्याउने गर्छ।

नेपालका दुई प्रमुख टेलिकम अपरेटरहरू, एनटीसी र एनसेलको नेपालभर विभिन्न ब्यान्ड र फ्रिक्वेन्सीहरू सञ्चालनमा छन् । अहिले नेपालमा सञ्चालनमा रहेका सबै समान ब्यान्ड दुईजीका लागि ब्यान्ड ८(९०० मेगाहर्ज), थ्रीजीका लागि ब्यान्ड १ (२१०० मेगाहर्ज), फोरजीका लागि ब्यान्ड ३ (१८०० मेगाहर्ज) सबैसँग सामसङद्वारा समर्थित छन्।

नेपाल टेलिकमले ख्यीत्भ् विस्तार गर्ने दौरानमा आफ्नो एलटीई-फोरजी नेटवर्कलाई साथ दिन एक अतिरिक्त समान ब्यान्ड २०(८०० मेगाहर्ज) प्रस्तुत गरेको थियो। सामसङद्वारा यसको परीक्षण गरिएपश्चात् आफ्ना उपकरणहरूमा सामसङले त्यसको प्रयोग पनि गरेको थियो। यसलगत्तै सन् २०२० देखि नेपालमा सामसङ ब्यान्ड २० समर्थित पहिलो मोबाइल ब्रान्ड बनेको हो।

सामसङले नेपालमा सञ्चालनमा रहेका २ मुख्य सञ्चालक एनटीसी र एनसेलहरूको यी सबै ब्यान्ड र फ्रिक्वेन्सीको सञ्चालनमा साथ दिँदै आएको छ।

नेपालका टेलिकम कम्पनीहरूले फाइभजी नेटवर्क सुरु गर्ने दिशामा कार्य गरिरहेका छन् र देशमा सञ्चालित सबै नेटवर्क सञ्चालकहरूले यो प्रविधिको व्यावसायिकीकरण गरेसँगै प्रयोगकर्ताहरूले आफ्नो फाइभजीका लागि तयार रहेको उपकरणहरूमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मज्जा लिन सक्नेछन्।

सामसङले सन् २०२१ देखि नै फाइभजीका लागि तयार विभिन्न मूल्यका स्मार्टफोनहरू उपलब्ध गराउँदै आइरहेको छ र देशमा फाइभजी प्रविधि भित्र्याउने सन्दर्भमा यी दुवै टेलिकम सञ्चालकसँग निरन्तर काम गर्दै आइरहेको छ।

कम्पनीले भर्खरै मात्र अत्यन्त सुलभ मूल्यको फाइभजी स्मार्टफोन सामसङ ग्यालेक्सी एम१४ फाइभजी बजारमा उपलब्ध पनि गराइसकेको छ। सामसङले हालै मात्र फाइभजीका लागि तयार उपकरणहरू उपलब्ध गराउन पूर्ण रूपमा तम्तयार रहेको र यी उपकरणमा रहेको फाइभ जी सुचारु गर्न नेटवर्क सञ्चालकहरूले फाइभजी सुरुआत गर्ने दिनको पर्खाइमा रहेको जानकारी गराएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved