हुन्डाईको दशैं-तिहारलक्षित ‘फेस्टिभ डिलाइट-२०८०’ सार्वजनिक

नेपालभ्युज

हुन्डाईको दशैं-तिहारलक्षित ‘फेस्टिभ डिलाइट-२०८०’ सार्वजनिक

काठमाडौं। हुन्डाई गाडीका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं-तिहारलक्षित फेस्टिभ डिलाइट २०८० योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहक महानुभावहरूको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाइ एसयूभी लक्की ड्रमार्फत् प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाडपर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिँदै आएको छ ।

हुन्डार्ड फेस्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै, १ वर्षका लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।

२१ भाद्रदेखि शुरु भएको यस हुन्डाई फेस्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नुहुने महानुभावहरूले पनि यो योजनामा सहभागिता जनाउन योग्य हुनेछन् ।

नाडा अटो शो २०२३ मा हुन्डाईको B5 स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरूले हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर ३ (छठ पर्व) सम्म लागू हुनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौं ग्राहकहरूको मन तथा विश्वास जित्न सफल छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved