अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक जारी, परराष्ट्रमन्त्री उपस्थित

नेपालभ्युज

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक जारी, परराष्ट्रमन्त्री उपस्थित

काठमाडौं। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक सिंहदरबारमा जारी छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलगायतको विषयमा छलफल भइरहेको छ।

यसका लागि समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउद उपस्थित छन्।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा सहभागी हुन आगामी असोज दोस्रो साता न्यूयोर्क जाँदैछन्। उतैबाट चीन भ्रमणमा जानेछन्।

प्रधानमन्त्री चीन भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइनेछ। ती विषयमा छलफल भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved