‘आईएमई पे’ मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट

नेपालभ्युज

‘आईएमई पे’ मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट

काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट “आईएमई पे” ले हालै सार्वजनिक गरेको ‘Wicket to Win’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आईएमई पे” मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

सो छुट प्राप्त गर्नका लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी गर्ने क्रममा ‘WATER’ प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा ‘INTERNET’ प्रोमो कोड राख्नुपर्ने छ।

अफरअन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अन्तरालमा जति चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तरालभरी एकजना ग्राहकले एकचोटि मात्र प्रयोग गर्न पाउनेछन्।

‘आईएमई पे ले ग्राहकहरूको सुविधाका लागि सुरक्षित तथा नवप्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved