रास्वपा संघीयताको पक्षमा छ : सभापति लामिछाने

नेपालभ्युज

रास्वपा संघीयताको पक्षमा छ : सभापति लामिछाने

राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयताको पक्षमा रहेको बताएका छन् ।  सप्तरीको राजविराजमा शनिबार पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले शिक्षा, स्वास्थ्य, सामाजिक परिवर्तनको सूचकका रुपमा रहेको क्षेत्रमा भइरहेको बेथितिको अन्त्य हुनुपर्ने बताए ।

देशमा भइरहेको भ्रष्टाचार अन्त्य गर्न निरन्तर लागिपर्ने बताउँदै उनले भ्रष्टाचार विरुद्ध केही राम्रा काम भइरहेको उल्लेख गरे । भ्रष्टाचार अभियोग लागेका सत्तारुढ दलका नेता कार्यकर्तालाई संरक्षण गर्न छलछाम सामसुम गरिरहेको भन्दै रास्वपा प्रतिपक्षमा रहेर थप जिम्मेवारीका साथ काम गर्ने उनले बताए ।

सभापति लामिछानेले भने, ‘हाम्रो पार्टी वर्तमान शासन व्यवस्था विरोधी होइन, हामीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट मुख्यमन्त्री बनाउनुपर्छ भन्दा प्रादेशिक संरचना व्यवस्थाको विरोधी होकी भन्ने लागेको हुनसक्छ तर यस्तो होइन म स्पष्ट पार्न चाहन्छु ।’

आमनागरिक व्यवस्थासँग जोडिएको छ कि छैन भन्ने कुराको खोजी गर्न जरुरी रहेको उल्लेख गर्दै उनले प्रादेशिक संरचना राजनीतिक भर्ती केन्द्र नभई नागरिकलाई सेवा दिने खालको बन्नुपर्ने बताए । सभापति लामिछानेले आफ्नो पार्टी निमुखा जनताको अधिकारको लागि अगाडि बढेर काम गर्ने विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved