सरकार र नियामक निकायहरुको गलत नीतिका कारण अर्थतन्त्रमा समस्या आयोः अध्यक्ष ढकाल

नेपालभ्युज

सरकार र नियामक निकायहरुको गलत नीतिका कारण अर्थतन्त्रमा समस्या आयोः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र नियामक निकायहरुले लिएको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आएको बताएका छन् । बुधवार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले राज्यले बनाएको नीतिको कारण यस्तो अवस्था आएको बताएका हुन् ।

उनले निजी क्षेत्रले कडाई नीति नलिन भन्दा भन्दै लिएको नीतिको प्रभावको कारण सरकारले कर्मचारीहरुलाई तलब खुवाउन पनि समस्या आएको बताए । उनले सरकार र नियामक निकायले लिएको नीतिको कारण नै मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा रहेको बताए ।

उनले निजी क्षेत्रले आवाज उठाउँदा आफ्नो स्वार्थका लागि बोल्छन् भन्ने बुझाइ सरकारको रहेको उल्लेख गरे । उनले सरकारले दूरदर्शी हिसावले नीति बनाउन नसक्दा अहिले अर्थतन्त्र चलायमान हुन नसकेको बताए।

‘मुलुकको अर्थतन्त्र ज्यादै जटिल अवस्थामा छ, सरकारको नीतिगत कारण वा कोभिड वा विश्वव्यापी समस्या अथवा श्रीलंकाको डर देखाएर बनाएको नीतिको कारण अर्थतन्त्र आजको अवस्थामा आएको छ’ उनले भने, ‘सरकार र नियमक निकायहरुले लिने नीतिहरुमा निजी क्षेत्रले गर्न हुँदैन भन्दा भन्दै पनि आयात प्रतिवन्ध लगाउने काम भयो, सरकारले लिएको नीतिको कारण सरकारले कर्मचारीहरुलाई तलब खुवाउन समेत समस्या भएको हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved