एप्पल वाचजस्तै देखिने कोर्नको नयाँ स्मार्टवाच नेपाली बजारमा

नेपालभ्युज

एप्पल वाचजस्तै देखिने कोर्नको नयाँ स्मार्टवाच नेपाली बजारमा

काठमाडौं। कोर्न ब्रान्डको नयाँ स्मार्टवाच ‘सीडब्लू ८ म्याक्स’ (CW8 MAX) नेपालमा आएको छ । नेपालका लागि कोर्नको आधिकारिक बिक्रेता केमियो इन्टरनेसनले याे माेडेल भित्र्याएको हो ।

यो स्मार्टवाच औपचारिक रूपमा आगामी मंगलबार अर्थात् २९ अगस्टमा सार्वजनिक हुनेछ । एप्पल वाच अल्ट्राको डिजाइनबाट प्रभावित सीडब्लू ८ म्याक्सको युजर इन्टरफेस एन्ड्रोइड थिममा रहेको छ ।

आईफोन र एन्ड्रोइड दुवैमा कनेक्ट गर्न सकिने यो वाचको डिजाइन, विल्ड क्वालिटी र युजर इन्टरफेस आकर्षक भएको कम्पनीको दाबी छ ।

मेटल बडी भएको यो स्मार्टवाचमा २ इन्च ठूलो एचडी डिस्प्ले समावेश गरिएको छ । यसमा रियल टाइम हेल्थ मनिटरिङ, ब्लड प्रेसर मनिटरिङ, स्लिप मनिटरिङ, ब्लड अक्सिजन मनिटरिङ, हर्ट रेट मनिटरिङ लगायतका फिचर छन् ।

आईपी ६७ वाटर रेसिस्टेन्स रहेको यो स्मार्टवाच स्क्र्याच प्रुफ भएको कम्पनीले जनाएको छ । ब्लुटुथ कलिङका साथमा एसएमएस अलर्ट, मिस्ड कल अलर्ट, म्युजिक कन्ट्रोल, क्यामेरा कन्ट्रोलजस्ता फिचर समावेश गरिएको छ ।

यसमा ३०० एमएएच क्षमताको ब्याट्री छ । यसले एक पटकको फुल चार्जमा १५ दिनको ब्याकअप दिने कम्पनीको भनाइ छ ।

वायरलेस चार्जिङ तथा एनएफसी समेत भएको स्मार्टवाचमा ब्लुटुथ ५.० को प्रयोग गरिएको छ ।

नेपाली बजारमा यो स्मार्टवाचको मूल्य सात हजार ५०० सय तोकिएको छ । यो एक वर्षको वारेन्टीका साथ खरिद गर्न सकिन्छ । कोर्नले सीडब्लु ८ म्याक्स ​स्मार्टवाचको अगस्ट २९ अर्थात् मंगलबार सार्वजनिक गर्न लागेको छ ।

दराजको अनलाइन सेल्स पोर्टलमा सार्वजनिक हुन लागेको यो स्मार्टवाचका लागि कम्पनीले विशेष अफरको घोषणा गरेको छ ।

यसअन्तर्गत सीडब्लु ८ म्याक्स स्मार्टवाचलाई एक्स्कुलसिभ लन्चमा सहभागीमध्ये पहिला २० ग्राहकले चार हजार ९९९ रुपैयाँमा स्मार्टवाच लिन सक्नेछन् । त्यसपछिका बाँकी ८० ग्राहकहरूले पाँच हजार ४९९ रूपैयाँ र थप ८० ग्राहकहरूले पाँच हजार ९९९ रुपैयाँमा स्मार्टवाच खरिद गर्न सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved