भगवती हाइड्रोको आइपीओ आजदेखि बन्द

नेपालभ्युज

भगवती हाइड्रोको आइपीओ आजदेखि बन्द

काठमाडौं । भगवती हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपीओ आजदेखि बन्द गर्ने भएको छ । २०८० भदौ ८ गते बैंकिङ समयपश्चात सेयरका लागि आवेदन लिन बन्द गरिने कम्पनीले जनाएको हो ।

कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार सात सयको १५ प्रतिशत  ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

त्यसैगरी कम्पनीको जारी पुँजीको २ प्रतिशत अर्थात १७ हजार एक सय ६२ कित्ता सेयर कम्पनीका कर्मचारीहरुको लागि सुरक्षित गरिएको थियो । बाँकी रहेका ७ लाख १२ हजार २ सय बिस कित्ता सेयर सर्वसाधारणका लागि भदौ पाँच गतेदेखि खुलाइएको थियो ।

सर्वसाधारणका लागि खुलाइएको सेयरमा आवश्यक्ताभन्दा बढी सर्वसाधारण लगानीकर्ताले आवेदन दिएको भन्दै कम्पनीले आज भदौ ८ गते बैंकिङ समयपश्चात आइपीओ बिक्री बन्द गर्ने जनाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved