सल्यानमा माइक्रो बस दुर्घटना, १२ जना घाइते

सल्यानमा माइक्रो बस दुर्घटना, १२ जना घाइते

सुर्खेत । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलामा एक यात्रुवाहक माइक्रो बस दुर्घटना भएको छ ।

रुकुमपश्चिबाट नेपालगञ्ज जाँदै गरेको लु. २ ख ५७३१ नम्बरको उक्त माइक्रोबस आज दिउँसो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । ।

घाइते सबैको उद्धार गरी प्रादेशिक अस्पताल तुलसीपुर लगिएको र त्यहाँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले बताए । ‘माइक्रोबसमा १६ जना यात्रु सवार थिए ।’

उनले भने,‘दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved