युवामा तीव्र गतिमा बढ्दै गरेको क्यान्सर, जानौं यसको जोखिमको कारण

नेपालभ्युज

युवामा तीव्र गतिमा बढ्दै गरेको क्यान्सर, जानौं यसको जोखिमको कारण

एजेन्सी । क्यान्सर एउटा गम्भीर स्थिति हो, जसले गर्दा हरेक वर्ष संसारभर लाखौं मानिसले ज्यान गुमाउँछन् । यो समस्या बच्चादेखि बुढासम्मलाई हुन सक्छ ।

यदि, क्यान्सरको सुरुआती चरणमा थाहा पाउन सकियो भने यसको उपचार अलि सजिलो हुन्छ । हालै, जामा नेटवर्क ओपनमा प्रकाशित भएको एक अध्ययनअनुसार युवाहरूमा क्यान्सरको देखिने संख्या लगातार बढिरहेको छ ।

५० वर्षभन्दा कम उमेरमै धेरै खतरा

अध्ययनअनुसार युवाहरूमा क्यान्सर हुने धेरै खतरा रहन्छ । यस्तोमा ५० वर्ष भन्दा कम उमेरका व्यक्तिमा क्यान्सर हुने सम्भावना अत्यधिक देखिन्छ । अध्ययनमा पाँच लाख व्यक्तिमा सुरुआती स्टेजको क्यान्सर भएको पत्ता लगाइयो जसमा ५० वर्षभन्दा कम उमेरका व्यक्तिहरूको संख्या अत्यधिक थियो । शोधकर्ताहरूले अध्ययनमा के पनि पाए भने क्यान्सरका बिमारीहरू वर्षेनि ०.२८ प्रतिशत बढ्दै गइरहेको छ।

क्यान्सरको जोखिमका कारक

क्यान्सर हुनुको पछाडि धेरै कारणहरू हुन सक्छन् । तर, यसमा मोटोपन, धुम्रपान गर्नु, शारीरिक गतिविधिहरूमा कमी, रक्सी पिउनु, असुरक्षित तरिकाले सेक्स गर्नु, हर्मोनको समस्या, अटो इम्युन डिजिज वा धेरै नै खराब खानपान आदि यसका प्रमुख कारण मानिएको छ । यस्तो खालको गतिविधि भएका व्यक्तिहरूमा क्यान्सर हुने खतरा अत्यधिक रहन्छ ।

क्यान्सरका लक्षण

खासगरी, क्यान्सर कैयौं प्रकारका हुन्छन् र सबैका लक्षण फरक-फरक हुन सक्छन् । यस्तो स्थितिमा आमरूपमा शरीरमा थकान हुनु, बिना कुनै कारण तौल घट्नु वा बढ्नु, छालामा विभिन्न खाले अस्वाभाविक घाउ देखिनु, क्यान्सर भएको स्थानमा दुख्नु, शरीरमा गाँठोजस्तो देखिनु आदिले क्यान्सरको शंका गर्न सकिन्छ ।

शरीरमा यस्ता प्रकारका लक्षणहरू देखिए भने धेरै नसोचेर चिकित्सकको सल्लाह लिनुपर्दछ । लामो समय यस्ता खालका स्वास्थ्य समस्यालाई बेवास्ता गर्नु गम्भीर समस्याको कारण पनि बन्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved